मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

एक सय १४ केजी लागुऔषधसहित पक्राउ

रासस 719+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

पर्सा । प्रहरीले ११४ केजी २५ ग्राम लागुऔषध गाँजा बोकेको सवारीसाधनसहित एक जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा आज इलाका प्रहरी कार्यालय पोखरिया पर्सा र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले धादिङका साजन चेपाङलाई पक्राउ गरेको हो ।

पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाइपुलबाट धोरेतर्फ आइरहेको एक निशान कारलाई रोकी जाँच गर्दा डिक्कीभित्र लुकाइछिपाइ राखेको लागुऔषध गाँजा फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । त्यसैगरी, प्रहरीले तार चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

फरार प्रतिवादी पक्राउ

प्रहरीले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका पर्साका अखिलेश साह तेलीलाई पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–४ का राजवा भन्ने अखिलेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्षको कैद सजाय सुनाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार