मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बनाउने जोडमा अर्थमन्त्री पौडेल

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन । 

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरेका छन । 

यसैगरी कार्यक्रम बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकको ब्याजदर स्थिर बनाउनुपर्ने आवश्यकता भएको जनाएका छन । 

उनले एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्ने प्रवृत्तिले व्यवसायिक क्षेत्रलाई असहज बनाएको अनुभव सुनाउँदै, ब्याजदरको सुनिश्चितताले व्यवसायिक लगानी गर्न सजिलो हुने तर्क गरे । 

बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का अध्यक्ष नरेश्वर पौडेलले राष्ट्रिय वाणिज्य बैंकले आर्थिक चुनौती पार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन । 

साथै, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैंकको सेवा सुधारप्रति खुसी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबीचको खाडल घटाउन बैंकले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका छन । 

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम, र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाएको बताउँदै, सूचना प्रविधिसँग सेवा प्रवाहलाई जोड्ने योजना प्रस्तुत गरे ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले उत्पादन, कृषि, पर्यटन, ऊर्जा, साना उद्यम र पूर्वाधार क्षेत्रमा लगानी बढाएको जानकारी गराउँदै, वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्न समुदायसँग सुमधुर सम्बन्ध राख्ने प्रयास भइरहेको उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार