मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स विजयी

Ujyalosandeshonline 11540+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

घोराही । नेपाल टेलिकमा दाङ क्रिकेट लिग (डीसीएल–२) मा तुलसीपुर रोयल्सले विजयी सुरुआत गरेको छ । घोराहीमा रहेको गुलेरिया क्रिकेट मैदानमा मंगलबार भएकोे पहिलो खेलमा दंगाली लायन्सलाई २७ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको थियो । जवाफमा दंगाली लायन्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर रोकिए पछि तुलसीपुर रोयल्स २७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गर्दा तुलसीपुर रोयल्सका लागि विराट सिंह भण्डारीले विपिन रावलले उत्कृष्ट साझेदारी गर्दै गतिलो सुरुआत गराएका थिए । विराट र विपिनले  पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा विपिन ४२ रन बनाएर आउट भएका थिए । उनले ४५ बलमा एक छक्का र तीन चौका प्रहार गरे । यसैगरी अर्का ओपनर विराटले ५७ बलमा ३८ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरे । यस्तै, अमरसिंह रौटेला १० रन बनाएर रनआउट हुँदा ६ बलमा दुई चौका हिर्काए । यसैगरी रुपेश सिंहले ८ रनको योगदान गरे । भुनव कार्कीले ७ रनको नटआउट पारि खेलेका थिए । तुलसीपुरले अतिरिक्त २० रन प्राप्त गरेको थियो ।

दंगाली लायन्सका विपिन खत्री, बसिर अहमद र प्रकाश जैशीले समान एक,एक विकेट लिए ।

जवाफमा दंगाली लायन्सका लागि सन्तोष कार्कीले ४२ बलमा दुई चौका र एक छक्काको मद्दतले ३१ रन बनाउँदा अंकित भण्डारीले १४ बलमा दुई चौकाको मद्दतले १६ रन बनाए । वसिर अहमदले ८ रन बनाउँदा शंकर राना भने गोल्डेन डकआउट भएका थिए । शिशिर डाँगी २ रन बनाएर रन आउट हुँदा प्रकाश जैसीले ३ रन बनाए ।

अन्त्यमा विपिन खत्री र सनम श्रेष्ठले टिमलाई जिताउन प्रयास गरे पनि सफल हुन सकेनन् । विपिनले १९ बलमा १२ रन बनाएर आउट हुँदा एक छक्का प्रहार गरे । उनी सातौं विकेटको रुपमा पभेलियन फर्किए । यसैगरी सनम श्रेष्ठले ७ रन बनाएर आउट भएपछि जित निकै टाढा पुगेको थियो । अन्तिम विकेटको रुपमा कृष्ण भण्डारी ५ रन बनाएर आउट भए । हेमराज राना ३ रनमा नटआउट रहेका थिए ।

तुलसीपुरका लागि अमरसिंह रौटालेले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर ३ विकेट लिए ।

यसैगरी दिवान पुनले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिँदा रुपेश सिंहले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट हात पारे । इस्माइल अन्सारीले २ ओभरमा १४ रन दिएर ३ विकेट हात पारे ।

विनोद कुमार विकले २ ओभरमा १० रन खर्चिदा भुवन कार्कीले ४ ओभरमा १२ रन दिएका थिए ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ । हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार