मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |

अख्तियारद्धारा १० जना उपर भ्रष्टाचार गरेको आरोप–पत्र दायर

Ujyalosandeshonline 11000+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ बैशाख ५ गतेसम्ममा १० जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँचजना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको हो ।

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

त्यसैगरि, आयोगले जिल्ला कैलाली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई भने रकमसहित नियन्त्रणमा लिएको छ ।

मुगु जिल्ला खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ५ स्थित नेर सिंचाई आयोजनाको पाइपलाइनको काममा झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार रुपैंयाँ बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पु¥याएको हुदाँ बिगो रु.५,६१,४८१।९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा) कायम गरी कैद र जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी लिइएको हो ।  

सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट डोल्पा ठूलीभेरी नगरपालिका ३ स्थित दुनै सदरमुकाममा खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा कम काम गरी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई तयार पारी रु.९,९३,९४०।८० (नौ लाख त्रियानब्बे हजार नौ सय चालीस रुपैयाँ असी पैसा) बराबरको झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ र हानी पु¥याउने बद्नियतले भुक्तानी दिने÷लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरुलाई सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।

कैलालीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले निज जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई सेवाग्राहीबाट एक लाख २० हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको एक हजार पाँच रुपैयाँ समेत गरी जम्मा एक लाख एक्काइस हजार पाँच रुपैयाँसहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट ५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा भएका फैसला मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार बैशाख ४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार