मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |
मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |


बालविवाह अन्त्य गर्न बालिका बिमा

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
१६ पौष २०८०, सोमबार

भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० बर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तै समस्या मध्येको एक हो रुपन्देहीको रोहिणी गाउँपालिका ।

बालविवाहको कारण बालिकाहरुको अध्ययन प्रभावित हुनुको साथै अपरिपक्व उमेरमै उनिहरुको विवाह हुने गरेको कारण रोहिणी गाउँपालिकाले यसको समाधानको लागी पहल गरेको छ । गाउँपालिकाले बालविवाह बारे जनचेतना फैलाउने काम मात्र गरेन भविष्यमा यो समस्या आउन नदिन जन्मिने बित्तिकै बालिकाहरुको बीमा गरिदिने गरेको छ । 

गाउँपालिकाले कार्यविधि बनाएर यसको ब्यवस्थापन गर्ने जनाएको छ । कार्यविधि अनुसार, गाउँपालिकाका स्वास्थ्य संस्था वा पालिकाका स्वास्थ्य संस्थाले रेफर गरि पठाएको स्वास्थ्य संस्थामा जन्मेको बालिकाको बीमा गरिने भएको छ । गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवका अनुसार यसको लागि प्रभु महालक्ष्मी लाई लाईफ ईन्सुरेन्स लिमिटेडसंग सम्झौता गरिएको छ । 

मधेश क्षेत्रमा बिशेष गरि अहिले पनि छोरीहरुको शिक्षा, विवाह लगायतका बिषयमा लिएर धेरै चिन्ता रहेको कारण थोरै भए पनि सो चिन्ता निराकरण गर्न योजना लागु गरिएको छ । यसका साथै भ्रुण हत्या, बालविवाह, दाईजो प्रथा लगायतका कुप्रथालाई पनि न्यूनिकरण गर्ने योजना सहित योजना ल्याइएको अध्यक्ष यादवले बताए ।

बालिका २० वर्ष पुगेपछि साँवा–ब्याजसहित जम्मा भएको रकम निकाल्न मिल्छ । बालिकाको २० वर्षअघि बिहे भयो भने बीमा रकम पाइँदैन भने  प्रारम्भिक कक्षा पढ्न नपठाए पनि त्यस्ताको बीमा रोकिने प्रावधान रहेको छ । 

कार्यक्रम अन्र्तगत बालिकाका अभिभावक कार्यविधिले तोके बमोजिमको कागजात सहित गाउँपालिकामा सम्पर्क गर्नु पर्ने र यसरी आएको निवेदनमा गाउँपालिकाले २० हजार रुपैया जम्मा गरिदिने प्रावधान रहेको छ । कार्यक्रमले बालविवाह मात्र नभई मातृ–शिशु मृत्युदर, भ्रुण हत्या लगायत समेत अन्त्य गर्ने गाउँपालिकाको भनाई छ । 

बालिका बीमाको लागी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३० लाख रुपैया बजेट बिनियोजन गरेको छ । आवश्यकताकै आधारमा आगामी बर्षहरुमा पनि यो कार्यक्रमलाई पालिकाले महत्वका साथ अगाडी बढाउने गाउँपालिकाका प्रवक्ता समेत रहेका रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले बताए ।

गाउँपालिकाको यो प्रयासको स्थानियहरुले पनि साथ दिएका छन् । गाउँपालिकाले नै बीमा बापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन । रोहिणी–१ की पूजा हरिजनले छोरीको विवाहको लागी गाउँपालिकाले पहिले नै ब्यवस्था गरि दिएकोमा खुशी ब्यक्त गरिन । 

रोहिणी गाउँपालिकाले छात्राहरुलाई बिभिन्न सचेतनामूलक कार्यक्रम संगै बिद्यालयमा अध्ययनरत विपन्न छात्राहरुलाई साईकल वितरण समेत गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताए । 

सम्झौतामा हस्ताक्षर कार्यक्रममा प्रभु महालक्ष्मी लाई लाईफ ईन्सुरेन्स लिमिटेडका प्रदेश प्रमुख यमलाल न्यौपाने, शाखा कार्यालय प्रमुख ब्रिजेश कुमार जयसवाल लगायत रोहिणी गाउँपालिकाका वडाअध्यक्षहरु आविद अली पठान, करम हुसेन खाँन, तारानाथ यादव, घनश्याम सिंह क्षेत्री, ईन्द्रमान चौधरी, अन्नान अहमद भाँट लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार