मुख्य समाचार
अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् | बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता | उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च | सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन | नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल | उद्योगी-व्यवसायीको सरकारलाई आग्रह: घुमाउरो कर नीति होइन, स्पष्ट नियम ल्याऊ | कास्कीमा बिहान आठ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा | कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल | विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा | अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने |

बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

Ujyalosandeshonline 11799+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

नेपालगन्ज (बाँके) । नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेख्य प्रगति हासिल दाबी गरेको छ । जिल्ला प्रहरीले गत असारमा मात्रै २१६ वटा मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस महिनामा जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १४७ वटा मुद्दा दर्ता भएका थिए ।

जघन्य अपराधका मुद्दामा १० वर्षमाथि सजाय हुने र गम्भीर प्रकृतिका घटनामा तीनदेखि १० वर्षसम्म सजाय हुने प्रावधान रहेको प्रहरीले जनाएको छ । त्यस्ता मुद्दामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध कारोबार, अपहरण तथा शरीर बन्धकलगायत रहेका छन् । प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १६ वटा मुद्दामा १४ जनालाई पक्राउ तथा आर्थिक अपराधसम्बन्धी ५४ वटा घटना दर्ता भएको उहाँले बताउनुभयो ।

प्रहरीले चालु मुद्दाका १५७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सार्वजनिक चासो रहेका ५४ वटा थाँती रहेका मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एकवटा मुद्दासमेत दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ९२ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट ४५ वर्ष तीन महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । उनीहरूबाट रु ४७ लाख १० हजार ३५१ बिगो तथा क्षतिपूर्ति रकमसमेत असुल गरिएको जनाएको छ । महिलामथि हुने घरेलु हिंसासम्बन्धी ५२ वटा मुद्दामध्ये ४९ अदालत पठाइएको जानकारी दिइयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार