भैरहवा । लुम्बिनीको पडरीयामा जारी ईण्डो–नेपाल क्रिकेट प्रतियोगितामा सोमबार भएको ३ खेलमा मोहम्मदपुर, कपिलवस्तु फाईटर र जेभी स्पोर्टस विजयी भएका छन् ।
मोहम्मदपुर र ठूलो पडरिया बिच भएको पहिलो खेलमा मोहम्मदपुरले ठूलो पडरियालाई २२ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मोहम्मदपुरले निर्धारित १२ ओभरको खेलमा ९ विकेट गुमाउदै १२१ रन बनाएको थियो । उसका लागि बसिमले ४१ रन, मोहम्मद सोयबले १८ रन र गौतमले अविजित १६ रन बनाए ।
बलिङमा ठूलो पडरियाका बलर अजाद, रोहित र रितेशले समान ३÷३ विकेट लिए ।
१२२ रनको लक्ष्य सहित मैदान छिरेको ठूलो पडरिया १० दशमलव ५ ओभरमै आफ्नो सबै बिकेट गुमाउदै ९९ रन बनाउन सक्यो । उसका लागि मनिसले सर्वाधिक ३७ रन, रितेशले अविजित १९ रन र अजादले १४ रन बनाए । बलिङमा मोहम्मदपुरका सफिक एक्लैले ४ विकेट लिदा वसिउद्दिनले ३ विकेट र गौतमले २ विकेट लिए । खेलको म्यान अफ अफ द म्याच गौतम घोषित भए ।
यस्तै दोश्रो खेलमा कपिलवस्तु फाईटर्सले हमदान हार्डवेयरलाई ४ रनले पराजित गरेको छ । लुम्बिनीको पडरिया खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको कपिलवस्तुले निर्धारि १२ ओभर पुरा खेल्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कमलले ३६ रन, रमेशले २६ रन र मुस्ताकले १८ रन प्रहार गरे । बलिङमा हमदानका अजयले २ विकेट लिए ।
१४० रनको लक्ष्य हमदान हार्डवेयर भेट्टाउन सकेन । १२ ओभर खेलेर हमदान ९ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । उसका लागि रविले ३४ रन, समिम खाँनले ३१ रन र अजय यादवले २८ रन बनाए । बलिङमा कपिलवस्तुका मफियाले ३ विकेट लिए ।
तेश्रो खेलमा जेभी स्पोर्टसले समसाद ११ लाई ६४ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जेभी स्पोर्टसले ११ दशमलव ३ ओभर खेल्दै १० विकेटको क्षतिमा ११८ रन बनाएको थियो । उसका लागि छोटुले २५ रन, जमालले २४ तथा सगीरले १७ रन बनाए । बलिङमा समसाद ११ का अमजद १ले ३ विकेट, ईसशादले ३ विकेट र अमजद २ ले २ विकेट लिए ।
११९ रनको लक्ष्य सहित मैदान आएको समसाद ११ले ९ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ५४ रन मात्र बनाउन सक्यो । उसका लागि नौसादले १४ रन, महिबुल्लाहले ११ रन र मोनुले ८ सन बनाए । बलिङमा जेभी स्पोर्टसका मजहर र बिट्टुले समान ३÷३ विकेट लिए भने फैसलले २ विकेट लिए ।