मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल

Ujyalosandeshonline 12611+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जाने भन्दै राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका हुन्  । 

उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न सकिदैँन् भन्दै पलायन हुने होईन गर्न सकिन्छ भनेर अगाडि बढ्नु पर्छ । समस्याको समाधान दिने हिसाबले नेतृत्वमा आउनु, जतिले चाहे पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्न सक्छ तर अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जान्छ ।’यस्तै, उनले विद्यार्थी आन्दोलनले साझा मुद्दा पहिचान गरेर त्यसको आधारमा अगाडि जाने अवस्था भयो भने राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बताए ।  

उनले भने, ‘विद्यार्थीहरुले साझा मुद्धा निर्माण गरेर सँगसँगै जाने वातावरण निर्माण गर्नुपर्छ । नेपालमा २०४७ साल, २०६२, ६३ सालको आन्दोलनमा सधैँ लोकतन्त्रवादी विद्यार्थी संगठनहरु आपसमा मिलेर अगाडि बढेको अवस्था थियो । त्यसकारण वर्गीय मुद्धा प्राप्त गर्नका लागि विद्यार्थी संगठनहरु बीच एकता कायम गर्न सक्नु पर्छ । साझा मुद्धा पहिचान गरेर त्यस आधारमा अगाडि जाने अवस्था भयो भने विद्यार्थी आन्दोलनले राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरुलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । 

उनले भने, ‘परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरुलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सक्छ त्यसैले सामाजिक क्षेत्रमा सामाजिक वेतिथिलाई अन्त्य गर्नको लागि समाजमा सुधार गर्नको लागि विद्यार्थी आन्दोलनले धेरे ठूलो भूमिका खेल्न सक्छ ।’ यसको साथै, उनले विद्यार्थी आन्दोलन सामाजिक मुद्धा, जनताको मुद्धा र विद्यार्थी समुदायको मुद्धाहरुको बारेमा बोल्नुको साथै वेतिथि र विसंगतिको विरुद्ध प्रहार गर्ने पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार