मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ

Ujyalosandeshonline 12548+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापनालाई पुनः निरन्तरता दिने भएको छ । अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रु २५ हजार नगदसहित पुरस्कृत गर्नेगरी कोष स्थापना गर्नुभएको छ । सापकोटाले प्रत्येक पाँच वर्षका लागि पुरस्कारका लागि हुने एकमुष्ट रकम रु एक लाख २५ हजार जम्मा गरिदिनुभएको हो ।

सापकोटाकै सहयोगमा विसं २०७३ देखि निरन्तर वितरण हुँदै आएको उक्त पुरस्कारका लागि स्थापना गरिएको कोषबाट प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गर्न सम्भव नभएपछि केही समय रोकिएको थियो । नेपाल पत्रकार महासङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका सापकोटा र पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उक्त पुरस्कारलाई पुनः निरन्तरता दिनेगरी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । पुरस्कार कोषका लागि अग्रज पत्रकार सापकोटाले पाँच वर्षको रकम एकमुष्ट रु एक लाख २५ हजार पत्रकार महासङ्घको संयुक्त खातामा जम्मा गर्नेगरी चेक हस्तान्तरण गर्नुभएको थियो ।

उक्त पुरस्कार हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर वातावरण, जलवायु परिवर्तन र पर्यावरणको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ । विश्वको वातावरण मानवीय जीवनका लागि चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पत्रकारहरूले वातावरण, जलवायु र पर्यावरणको मुद्दा सशक्त रूपमा उठाउन प्रोत्साहन गर्न वातावरण पत्रकारिता पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक सापकोटाले बताउनुभयो ।

उक्त पुरस्कार प्रत्येक वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्मको रिर्पोट, समाचार, फिचरलाई मूल्याङ्कन गरी वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासङ्घका सचिव सिपी खनालले जानकारी दिनुभयो । पत्रकार महासङ्घले विसं २०७३ देखि वितरण गर्दै आएको उक्त पुरस्कार अहिलेसम्म शेरबहादुर केसी, छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टिआर शर्मा, तेजेन्द्र केसी र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन् । 

विसं २०२९ देखि पत्रकारिता सुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा विसं २०३१ देखि २०६० सम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन गर्नुभएको थियो । विंस २०४७ देखि वातावरण बचाऊ आन्दोलनको अध्यक्ष भई काम गर्नुभएका सापकोटाको अगुवाइमा स्थापना भएको रुपन्देही एफएम सञ्चालन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार