मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

रुपन्देहीको बाल सुधारगृहमा अनुगमन

रासस 700+ समाचार ( )
२३ वैशाख २०८३, बुधवार

देवदह (रुपन्देही) । यहाँको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो ।अनुगमनपश्चात सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो ।

त्यसका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभयो । एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उहाँको भनाइ छ ।  बाल सुधारगृहमा स्थानीय तहहरुले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहनुभएकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार