मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

जन उत्थान साकोसको २०औं वार्षिकोत्सव: रुद्रपुर सेवा केन्द्रमा विविध कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12547+ समाचार ( )
६ पौष २०८२, आइतबार

कञ्चन । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव रुद्रपुर सेवा केन्द्रमा विविध कार्यक्रमका साथ मनाएको छ। संस्थाका १० वटै सेवा केन्द्रमा एकैसाथ मनाइएको वार्षिकोत्सव रुद्रपुरमा पनि विशेष समारोहका बीच सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सहकारीले वित्तीय कारोबारका साथै सामाजिक उत्तरदायित्व र उत्पादनमुखी कार्यमा जोड दिनुपर्ने बताउनुभयो। जनउत्थानले शेयर सदस्यहरूलाई उद्यमशीलता तर्फ आकर्षित गरेकोमा उहाँले प्रशंसा गर्नुभयो। यस्तै, वडा नं. ४ का अध्यक्ष केशर बहादुर खत्रीले सहकारीले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको उल्लेख गर्दै यसका कार्यहरू अन्य सहकारीका लागि सिकाई हुने बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा ८० जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान, ५ जना विद्यार्थीलाई छात्रवृत्ति र ३ जना शेयर सदस्यलाई बाख्रा पालनका लागि निव्र्याज कर्जा प्रदान गरिएको थियो। साथै, आयोजित अन्तर-समूह हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा महिला समूह प्रथम, जनजागृति आमा समूह द्वितीय र एकता आमा समूह तृतीय भएका थिए ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रुद्रपुर पीसल्याण्ड भु.पु सैनिक ईङ्गलिस बोर्डिङ्ग स्कुललाई ५० हजार रुपैयाँ बराबरको ट्रस्ट हस्तान्तरण गरेको छ। यसका साथै स्थानीय क्लब र आमा समूहलाई अक्षयकोषका लागि आर्थिक सहयोग समेत प्रदान गरिएको छ। उपसमिति संयोजक भैर बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन धनसिंह रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार