मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

आगजनीबाट ध्वस्त संरचनाका बाबजुद भैरहवा भन्सारबाट आयात सुचारु

Ujyalosandeshonline 12461+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले आगजनीबाट ध्वस्त भएका संरचनाका बाबजुद पनि अत्यावश्यक सामग्रीहरू आयात गर्न सुरु गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयपछि ग्यास, डिजेल, पेट्रोल, औषधि, तरकारी लगायतका सामग्री भित्रिएका छन् ।

भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार विद्युत् सेवा अवरुद्ध भए पनि नेपाल विद्युत् प्राधिकरणको सहयोगमा आंशिक रूपमा कार्यालय सञ्चालन गरिएको छ। हाललाई सामान्य काउन्टरबाट अत्यावश्यक वस्तुहरूको जाँचपास भइरहेको छ।

बिहीबार ४ वटा ग्यास बुलेट र २१ वटा फलफूल, तरकारी तथा खाद्यान्न बोकेका गाडीहरू भन्सार पास भएका छन् । यसैबीच, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन् । उनले आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र अराजक गतिविधि गर्नेहरूमाथि बल प्रयोग गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार