मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पोखराको बिरौटामा जारी कोटिहोमको रात्री कालिन पैदल यात्रा सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा पोखराको बिरौटास्थित कोटिहोम महायज्ञ परिसरबाट रात्रीकालीन बृहत् पैदल यात्रा भव्य रूपमा सम्पन्न भएको छ। साँझ ६:०० बजे शुभारम्भ भएको यो यात्रा श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ (बैशाख १७ देखि जेठ २६, २०८२ सम्म) को प्रचार–प्रसार, धार्मिक जागरण र सामाजिक सद्भाव प्रवाह गर्ने उद्देश्यले आयोजित थियो । 

यो रात्रीकालीन पैदल यात्रा कोटिहोम परिसरबाट सुरु भई पोखराका विभिन्न महत्वपूर्ण स्थानहरू जस्तै बराल फिड पात्ले छागो , गुप्तेश्वर गुफा लगायत अन्य क्षेत्रहरू हुँदै अगाडि बढेको  थियो। यात्रामा सयौं सहभागीहरूले उत्साहपूर्वक भाग लिए। उनीहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डा हरू प्रदर्शन गरे भने धार्मिक भजन, कीर्तन र नाराहरूले रात्रीकालीन वातावरणलाई उत्सवमय बनाए।

गुप्तेश्वर गुफा, एक धार्मिक र पर्यटकीय महत्वको स्थल, र बराल फिड जस्ता स्थानहरूले यात्रालाई थप आध्यात्मिक र सांस्कृतिक बनाए । महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले यो यात्राले धार्मिक र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। “यो रात्रीकालीन पैदल यात्राले पोखरेली जनतामा महायज्ञप्रति उत्साह र जागरूकता बढाएको छ। बराल फिड , पात्ले छागो र गुप्तेश्वर गुफा जस्ता स्थानहरू समावेश भएर यात्रा थप स्मरणीय बन्यो,” उहाँले भन्नुभयो। 

मानवसेवा फाउण्डेशनले यो यात्रालाई महायज्ञको भव्यताका लागि महत्वपूर्ण कदम मानेको छ। सहभागीहरूको जोश र समर्पणले आयोजकलाई थप प्रेरणा मिलेको छ । फाउण्डेशनले पोखरावासी र बाह्य आगन्तुकहरूलाई महायज्ञको पवित्र कार्यमा सहभागी हुन र सहयोग पुर्‍याउन विनम्र अनुरोध गरेको छ।

यसअघि बैशाख ११ मा साइकल र्‍याली, बैशाख १२ मा ट्याक्सी र्‍याली र बैशाख १४ मा मोटरसाइकल र्‍याली सम्पन्न भइसकेका छन् भने बैशाख १६ मा बृहत् कशलयात्रा आयोजना हुने कार्यक्रम रहेको छ। यो रात्रीकालीन पैदल यात्राले पोखराको धार्मिक, सांस्कृतिक र सामाजिक वातावरणमा सकारात्मक ऊर्जा थपेको आयोजकको विश्वास छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार