मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता ओमसतियामा सुरु

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

भैरहवा । ओम सतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो । 

गाउँपालिका स्तरीय प्रतियोगितामा  वार्ड नम्बर १ बाट २ टिम सहभागी छन भने वडा नम्बर २, ३, ४ र ५ बाट एक एक टिम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टिम गरी जम्मा ७ टिमको सहभागिता रहेको छ । 

शुक्रबार सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार रुपैया, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैया ,ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यसै गरी तेश्रो स्थानमा आउनेले १५ हजार रुपैया, ट्रफी र पदक प्राप्त गर्नेछन् ।त्यसै गरी सर्बोत्कृट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरीनेछ ।

प्रतियोगिताको मुख्य उद्धेश्य महिला दिदी बहिनीहरुलाई चुलोचौको तथा घरका काम बाहेक पनि खेलकुदमा लगाई खेल प्रतिभा प्रष्फुटन गर्ने रहेको प्रतियोगिता संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताउनु भयो । 

प्रतियोगिताको उदघाटन गाउँपालिका अध्यक्ष एवं प्रमखु अतिथी मन्जित कुमार यादव सोनुले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो । खेल उदघाटन गर्दै प्रमुख यादवले गाउँपालिकाले खेलकुद लाई प्राथमिकतामा राखेको बताउनु भयो । गाउँपालिकामा रहेका खेलाडीहरुलाई अघि बढन बिभिन्न माध्यमबाट सहयोग गर्ने गरेको यादवको भनाई थियो ।

भलिवल खेलको उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर १का अध्यक्ष बेल बहादुर  बराल मगर ,वडा नम्बर ३का अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, वडा ६ का वडा अध्यक्ष शिब कुमार धवल, लेखा अधिकृत कमल शर्मा लगायतको उपस्थिति थियो । उदघाटन सत्रको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापा राउतले गर्नु भएको थियो । 

प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर  एक को ए टिमले वार्ड नम्बर २ लाई सोझो सेटमा २–०ले हराउदै अघिल्लो चरणमा प्रबेश गर्न सफल भयो । २ नम्बरको ए टिमले पहिलो सेट २८–२६ तथा दोश्रो सेट २५–२१ अंकले जितेको हो । त्यसै गरी बिहीबारनै सम्पन्न अर्को खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ४ लाई २–० सेटले हराउन सफल भयो । पहिलो सेट २५–१ ले तथा दोश्रो सेट २४–१३ले हराउदै वार्ड नम्बर ४ प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश गर्न सफल भएको हो । प्रतियोगिताको सेमिफाईनल, फाईनल तथा तृतियस्थानको खेल शुक्रबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार