मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

डा.शेखर कोइरालाको नेतृत्व स्वीकार्य छ : सुजाता कोइराला

Ujyalosandeshonline 11768+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन् । शुक्रबार वालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले डा.शेखरको नेतृत्व स्वीकार्ने बताइन् ।

‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौं भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन, हामी कोहीपनि रहँदैनौं । त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ,’ उनले अगाडि भनिन्,‘हामी कोइराला परिवारमा केही विवाद छैन् । शेखर दाले धेरै मेहेनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ । उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ ।’

डा.शेखरको निमन्त्रणामा सचिवालयमा पुगेकी नेतृ कोइरालाले डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताइन् । ‘डा.शंशाक पनि यहाँ आउनुपर्छ । हामी उहाँलाई ल्याएरै छाड्छौं । सबै मिलेर अघि बढौं, हामी कोहीबीच विवाद छैन । देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ ।’

भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाए ।

‘कांग्रेसबीच एकता आवश्यक छ । गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’ उनले अगाडि भने,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै विग्रिएको छैन । तर कोहीबेला यताउता हुन्छ, त्यो सामान्य हो । आज सुजाताजी यहाँ आउनुभएको छ, त्यो एकताका लागि आउनुभएको हो । राष्ट्रियता, कांग्रेस र देशलाई बचाउन हामी एक ठाउँमा छौं,’ उनले भने ।

आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौं कार्यकर्ता डा.कोइरालाको सचिवालयमा पुगेका थिए । १४औं महाधिवेशनमा तीनतिर विभाजित भएका डा.शेखर, डा.शंशाक र सुजताबीच १५औं महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट दबाब बढेको बताइन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार