मुख्य समाचार
नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न |
मुख्य समाचार
नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न |


विद्युतीय भुक्तानी प्रणाालीको सुविधा नहुँदा अस्पतालमा सेवाग्राहीलाई सास्ती

Ujyalosandeshonline 12702+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

रवीन्द्रप्रताप गुप्ता/रासस

देवदह (रूपन्देही) । विसं २०८२ कात्तिक २ गते राति ११ः३० बजे छोराको उपचारका लागि रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का नारायणप्रसाद कोइराला भैरहवास्थित भीम अस्पताल पुग्नुभयो । खुट्टामा समस्या देखिएपछि १२ वर्षीय संयोगलाई लिएर उहाँ अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा पुग्नुभयो ।

कोइरालासँग भएको नगद ५० रूपैयाँले टिकट काउण्टरमा आकस्मिक पूर्जी काट्नुभयो । इमर्जेन्सी कक्षमा रहनुभएका चिकित्सक/स्वास्थ्यकर्मीले संयोगको जाँच गरेपछि एक्सरे गर्नुपर्ने सुझाउनुभयो । तर कोइरालासँग छोराको खुट्टाको एक्सरे गराउन लाग्ने नगद पैसा थिएन । नगद नभएकै कारण उहाँ त्यसरात एक्सरे नगराइकन घर फर्कनुभयो । अहिलेको समयमा नगद पैसा खासै बोकिँदैन, डिजिटल भुक्तानी (क्यूआर कोड) मार्फत एक्सरे गराउन लाग्ने रकम तिर्छु भने । तर अस्पतालमा विद्युतीय भुक्तानीको सुविधा रहेनछ । 

एक्सरे नगराइकन कोइराला दुई ट्याब्लेट औषधि किनेर घर फर्किएको बताउनुहुन्छ । अस्पताल परिसरमा रहेको साझा स्वास्थ्य सेवा (औषधि पसल) मा समेत क्यूआर कोडबाट रकम भुक्तानी गर्ने सुविधा नरहेपछि संयोगसँग खल्तीमा भएको नगद पाँच रूपैयाँले दुई ट्याब्लेट औषधि किनेर बुबाछोरा घर फर्किएको उहाँको सम्झना छ ।

“भीम अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दो छ । यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार राम्रो पाएको छु, केही स्वास्थ्य समस्या परे यसै अस्पतालमा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “मैले भोग्नुपरेको समस्या कसैले पनि भोग्नु नपरोस्, अस्पताल प्रशासनले यसमा सुधार गरेर जान्छ भन्ने अपेक्षा गरेको छु ।” उहाँले विद्युतीय भुक्तानीको सुविधा भए सेवाग्राहीलाई सहजता प्रदान हुने बताउनुभयो ।

कोइरालाजस्ता धेरै बिरामीलाई डिजिटल भुक्तानीको सुविधा नहुँदा सास्ती खेप्नुपरेको छ । प्रविधिको युगमा अस्पतालमा पनि प्रविधिको विकास हुनुपर्ने सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले बताउनुभयो । निजी स्वास्थ्य संस्थामा अनलाइनबाट काम हुने तर, सरकारी स्वास्थ्य संस्थामा किन हुन सक्दैन भन्दै उहाँले प्रश्न गर्नुभयो ।

होटल व्यवसायी महासङ्घ नेपालका उपमहासचिव राजेश महोत्राले अब अस्पताल पनि ‘क्यूआर कोड सिस्टम’मा जानुपर्ने बताउनुभयो । उहाँले अनलाइनबाटै टिकट बुकिङ र भुक्तानी गर्ने सुविधा प्रदान गर्नेतर्फ अस्पताल अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालमा ‘अनलाइन टिकेटिङ’ र क्यूआर कोड सुविधाबारे काम अगाडि बढाउने तयारी गर्दैगर्दा आफू जिम्मेवारीमुक्त भएको बताउनुभयो । उहाँले अहिलेसम्म अस्पतालमा यो सुविधा हुन नसकेको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनुभयो । 

“अनलाइन टिकेटिङको सुविधा भयो भने सेवाग्राहीलाई टिकट काट्न लाइन बस्नुपर्दैन । अनलाइनबाटै पैसा तिरेर बिरामी उपचार गराउन आउनुहुन्छ, जसले गर्दा बीमा र जनरल ओपिडीमा भीड पनि कम हुन्छ”, भण्डारीले भन्नुभयो । बिरामीको सुविधाका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

भीम अस्पतालले गत हप्ता आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेण्ट) डा वर्षा थापाले विद्युतीय भुक्तानी प्रणालीलाई मध्यकालीन योजनामा राखिने जानकारी दिनुभयो । “हामीकहाँ आइटीसम्बन्धी कर्मचारी नभएको हुनाले बाहिरबाट परामर्शमार्फत ल्याउनुपर्छ, त्यसैले यसलाई मध्यकालीन योजनामा राख्छौँ”, उहाँले भन्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा अनन्तकुमार शर्माले भीम अस्पतालले राम्रो सेवा दिइरहेका कारण यहाँ बिरामीको चाप बढ्दै गएको बताउनुभयो । उहाँले विद्युतीय भुक्तानी प्रणालीको सुविधा नभएका कारण सेवाग्राही मर्कामा परेको गुनासो आएको भन्दै सुनुवाइका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले डिजिटल प्रणालीको सुविधा प्रदान गर्न लागिपरेको बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको रूपन्देहीको पुरानो अस्पताल हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार