मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो : प्रचण्ड

Ujyalosandeshonline 11304+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फतआज (विहीवार)  होलीको शुभकामना दिदै उनले हाम्रा पर्वहरुले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्ने बताएका हुन् । 

उनले लेखेका छन्, ‘रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो ।’उनले हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने भन्दै एकताबद्ध गर्न सघाउँने पनि बताए । 

उनले यस्तो लेखेका छन्, 

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सास्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् । होली पर्वको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार