मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

Ujyalosandeshonline 12535+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त हुनुभएको थियो । सञ्चालक समितिका सदस्यहरू असोज ६ गतेमात्रै चयन हुनुभएको थियो । 

नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक कर्मचारीको वृत्तिविकास र बढेको तलब खुवाउन नसकिएको बताउनुभयो । जसका कारण प्रत्यक्ष रूपमा सेवाग्राही र चिकित्सक कर्मचारी प्रभावित भएका छन् । उहाँले भन्नुभयो, “बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन, बिरामी आफैँले किन्नुपर्ने अवस्था छ ।”  नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

आचार्यले अस्पताल सुधारका लागि बनेको समितिले अध्ययन गरिरहेको बताउँदै सो अध्ययन आएसँगै सुधारका थप काम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ ।”विसं २०७४ वैशाखमा आचार्य पहिलोपटक कार्यकारी निर्देशक हुँदा अस्पताल समस्यामा थियो । आचार्य निर्देशक हुनुअघि तत्कालीन समयमा स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो ।

हाल देखिएका समस्या समाधान गर्न आफू लागिपरेको उहाँले बताउनुभयो । यहाँ भारतदेखि बिरामी आउने गर्दछन् । नेपालका सबै जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । अस्पतालमा समस्या देखिएसँगै प्रत्यक्ष रूपमा बिरामी प्रभावित हुने हुँदा सरोकारवालाहरूको ध्यान यहाँ बढी जाने गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार