मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

रासस 720+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

सङ्खुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो ।

उत्तर-दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङले पहिरोका कारण सडकमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयासका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको उहाँको भनाइ छ ।

हुङहुङमा पहिरो खसेपछि आज बिहानदेखि भोटखोलाबाट मकालु आउने जाने यातायात सेवा अवरुद्ध भएका छन् । माथिल्लो क्षेत्रमा भारी बर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको सडक कार्यालयले जनाएको छ । ठाउँठाउँमा ठूलो पहिरो गएकाले अहिले सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नभएको सडक इन्जिनियर गुरुङले बताउनुभयो । पहिरो खसेपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी, मकालु चिचिला आउने सवारीसाधन वारपार हुन सकेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार