मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

उपभोक्ता समितिमार्फत काम नगर्न मुख्यमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ कार्तिक २०८२, शनिबार

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिनुभएको छ । आज आयोजित जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त निर्देशन दिनुभएको हो ।

ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उहाँले पालिका महासङ्घलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अतिआवश्यक भएको ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्नेगरी र प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । आवश्यक नभएको ठाउँमा बजेट विनियोजन गरिएको र काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जनगुनासो आउन थालेपछि स्पष्ट रूपमा कार्ययोजना तयार गरेर योजना कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो ।

“आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस् ।”

कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट, सुरेन्द्र पाल र जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो । अन्तक्र्रिया गर्न मुख्यमन्त्री शाह आइतबार दार्चुला जाने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार