मुख्य समाचार
नाकमुनि डिजेल चोरी हुँदा रुपन्देही प्रहरी बेखबर, प्रदेशको छापापछि सुरक्षा संयन्त्रमै प्रश्न | मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर | बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी |

बर्का अट्वारी पर्वमा आइतबार लुम्बनीका ६ जिल्लामा सार्वजनिक विदा

Ujyalosandeshonline 12323+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

दाङ– लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतवारलाई  रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार