मुख्य समाचार
सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल |

सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित

Ujyalosandeshonline 12315+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

सुनसरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाका विभिन्न स्थानमा जारी अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु आदेशलाई तेस्रो दिन बुधबार पनि निरन्तरता दिनुभएको छ । प्रशासनका अनुसार धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबाहेकका १० स्थानीय तह—इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रका साथै इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७) र रामधुनी नगरपालिका (वडा नं. १ र ५) अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधज्ञा लागू गरिएको छ ।

तोकिएको क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेश उल्लङ्घन गर्नेलाई रु एक हजारसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने र कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । निरन्तरको कर्फ्युका कारण बजार, कलकारखाना र सवारीसाधन ठप्प हुँदा यस क्षेत्रको जनजीवन निकै कष्टकर र प्रभावित बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार