मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘कथाभित्रका कथाहरूमा’ चेपाङ समुदायको कथा

Ujyalosandeshonline 12614+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । कुनै समय म्यूजिक भिडियो निर्देशनमा स्थापित निर्देशक दीपेन्द्र केसी यतिबेला भने वृत्तचित्र ‘कथा भित्रका कथाहरुमा’ निर्माण गरेका छन् । गायक नविन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ जस्ता सफल म्यूजिक भिडियो बनाएका दीपेन्द्रले वृत्तचित्रमा चेपाङ समुदायको कथालाई समेटेका छन् ।

ओस्कार कलेजका विद्यार्थी दीपेन्द्रका अनुसार पशुपतिनाथको गौशालामा नियमित गइरहने दीपेन्द्रले त्यहाँ छाप्रोमा खाजा बेच्ने व्यक्तिलाई देखेपछि उनले वृत्तचित्र बनाउने योजना बनाएका थिए । ती व्यक्तिसँग उनको दैनिक जीवनबारे सोधखोज गरेपछि दीपेन्द्र चेपाङ समुदायमा पुगे ।

‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृत्तचित्र बनाउने निर्णय लिएँ र सुरु गरे कथा भित्रका कथा’, उनले भने ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले वृत्तचित्र तयार पारेका छन् । उनको वृत्तचित्रमा चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथा समेटिएको छ ।

दीपेन्द्रले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन् । वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ । ‘मैले यो कथालाई तीन सेड्युलमा खिचेका थिएँ । वृत्तचित्र खिचाइसँगै सन्तलालको जीवनसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । 

उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँु, दीपेन्द्र भन्छन्,‘मेरो चाहना नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । वृत्तचित्रमा दीपेन्द्रसँगै विनिता क्षेत्रीको निर्माण र बालकृष्ण खड्गीको सहनिर्माण छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार