मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ‘ए’ डिभिजनमा प्रवेश

Ujyalosandeshonline 10783+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

भैरहवा । मोहम्मद हुसेनको अलराण्ड प्रदर्शन र इमरान खानको अर्धशतकीय पारीको मद्दतमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा देवदह क्रिकेट युनिटमाथि प्रोफेसनलले ७६ रनको सहज जित हात पारेको हो । जितसँगै प्रोफेसनल मास्टर्स ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अब उसले ‘ए’ डिभिजनका खेलहरुमा प्रतिस्पर्धा गर्नेछ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि इमरान खानले ७७ र मोहम्मद हुसेनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय रसाइलीले १० रन जोडे । बलिङमा देवदहका रोशन गौतमले ३, सुरज खड्का र अर्जुन रायमाझीले २–२ तथा दीपेन्द्र मल्लाहले १ विकेट लिन सफल भए ।

जवाफी ब्याटिङ गरेको देवदह ३० ओभर ५ बलमा ९६ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनल मास्टर्सका मोहम्मद हुसेनले ६ ओभर ५ बलमा १ मेर्डनसहित २३ रन खर्चेर ४ विकेट लिए । यस्तै, ड्रस सुनारले ५ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए भने विष्णु कटरिया र कृष्ण पराजुलीले समान १–१ विकेट हात पारे । देवदहका दीपक भण्डारीले २८, सुमन पाण्डेले १८ र कृतिमान ढकालले १५ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित हुन पुग्यो । खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार