मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

चरित्र हत्या गरेको भन्दै रवि लामिछानेद्वारा कान्तिपुरविरुद्ध मुद्दा

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसन्सविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी दिएका हुन् । 

‘समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए, देखिएलगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु’ उनले लेखेका छन् ।

आफू लोकतन्त्रको बलियो आधारमध्ये एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने भन्दै लामिछानेले अगाडि लेखेको छन्, ‘सहकारी पीडितहरूको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार