मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

इलाम–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

Ujyalosandeshonline 2393+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

इलाम । इलाम–२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । 

कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । उनले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरि आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउनेसम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘इलम इलाम’ नाम दिइएको अवधारणा पत्रमा जनतालाई रोजगार र उद्योगतर्फ अगाडी बढाउने सहितका कार्यक्रम ल्याएका छन् । 

इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा लागिपर्ने उनको संकल्प छ । तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन उनको आग्रह छ ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् । 

उनले ‘इलम इलाम’ अवधारणाले इलाम २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन् । उनले आफ्नो गठबन्धन नितान्त जनतासँग रहेको उल्लेख गर्दै इलामे जनताको सेवामा सँधै समर्पित हुने पनि जनाएका छन् । 

विगत लामो समयदेखि जनताको सेवामा आफू लागेको भन्दै उनले जनताको मनमनमा गठबन्धन गरेको बताएका हुन् । जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उनले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उनको भनाई छ ।

यही वैशाख १५ मा हुने उपनिर्वाचनमा १९ उम्मेदवार मैदानमा छन् । कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार