मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

इलाम–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

Ujyalosandeshonline 12337+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

इलाम । इलाम–२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । 

कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । उनले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरि आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउनेसम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘इलम इलाम’ नाम दिइएको अवधारणा पत्रमा जनतालाई रोजगार र उद्योगतर्फ अगाडी बढाउने सहितका कार्यक्रम ल्याएका छन् । 

इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा लागिपर्ने उनको संकल्प छ । तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन उनको आग्रह छ ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् । 

उनले ‘इलम इलाम’ अवधारणाले इलाम २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन् । उनले आफ्नो गठबन्धन नितान्त जनतासँग रहेको उल्लेख गर्दै इलामे जनताको सेवामा सँधै समर्पित हुने पनि जनाएका छन् । 

विगत लामो समयदेखि जनताको सेवामा आफू लागेको भन्दै उनले जनताको मनमनमा गठबन्धन गरेको बताएका हुन् । जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उनले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उनको भनाई छ ।

यही वैशाख १५ मा हुने उपनिर्वाचनमा १९ उम्मेदवार मैदानमा छन् । कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार