मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

ज्ञानका समुन्द्र प्रदीप गिरि भूईमान्छेका पक्षमा उभिनुहुन्थ्योः गृहमन्त्री

Ujyalosandeshonline 12547+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई ज्ञानको समुन्द्र रहेको बताएका छन् । प्रदीप गिरि आश्रम लहानमा आयोजित दिवंगत नेता गिरिको दोस्रो स्मृति सभालाई संवोधन गर्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । 

गृहमन्त्री लेखकले प्रदीप गिरि सधै भूईँमान्छेका कुरा उठाउनुहुन्थ्यो भन्दै नेपाली कांग्रेसको दस्तावेजहरुमा “दमजम” अर्थात दलित, महिला, जनजाति र मधेसी उहाँकै बिचार अनुसार समावेश गराइएको बताए । 

उनले भने, ‘पछि कर्णालीको विकास भन्ने पनि उहाँकै दूरदर्शीता थपिएको हो । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको गिरिले मधेश र मधेशीलाई समेट्न नसकेको भन्दै फरक मत राख्नुभयो र हस्ताक्षर गर्नुभएन । उहाँको हृदयले स्वीकार नगर्दा कसैको पनि डर मानेर नगल्ने प्रवृतिका हुनुहुन्थ्यो, माक्र्सवादी कम्युनिष्ट सिद्धान्तको पनि उहाँ अध्येता र विश्लेषक हुनुहुन्थ्यो ।’

कार्यक्रममा बोल्दै स्वर्गीय गिरिकी पत्नी भारती शिलवाल गिरि “पिजी” अर्थात प्रदीप गिरि बहुआयमिक प्रतिभा भएको स्मरण गरिन् । उनले भनिन्, ‘पिजी साहित्यकार, राजनीतिज्ञ, अर्थशास्त्री, राजनीतिशास्त्री, लेखक विश्लेषक सबै थिए । ’

शिलवाल गिरिले ‘पिजी’को सम्झनामा आश्रममै प्रदीप गिरि फाउण्डेशन स्थापना गरिएको र यहाँबाट कमजोर वर्गहरुको उत्थानका लागि काम गर्ने घोषणा पनि गरिन् ।  स्मृति सभामा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले प्रदीप गिरिको व्यक्तित्व र किर्तित्वमाथि प्रकाश पारेका थिए ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार