मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

जनताको आशालाई निराशामा परिणत नगरौं : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 10783+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । 

सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् । 

‘संविधानले जुन परिकल्पना ग¥यो त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न जरुरी छ । ति कानुनहरूको निर्वाह छिटो भन्दा छिटो हुन जरुरी छ । मेरो सबैलाई अनुरोध शुभकामना र आग्रह छ कि संविधान कार्यान्वयनमा जाऔँ । अब आशालाई निराशामा परिणत नगरौं,’ उनले भने, ‘देशमा निराशा बढेको छ । त्यो भनेको संविधान कार्यान्वयन नहुँदा भएको हो । संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्किन कोही जनता चाहँदैनन् । जनताको चाहना र भावना मैंले पनि बुझेको छु । विदेशबाट आएकाको मात्र होइन देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ ।’

राष्ट्रपति पौडेलले, संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिए । उनले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार