मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

जनकपुर । जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् । नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् । 

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने मान्यताका साथ खोइँछ भर्ने परम्परा मिथिलाञ्चलमा रहेको छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचरसँग हुन्छ । आँचर महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचर यस्तो अमूल्य मानिन्छ, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचर हुन्छ । 

खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिवको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ । मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने परम्परा रहेको छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार