मुख्य समाचार
प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन | विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण | जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’ | मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध | खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु | मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द | सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन | प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री | बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी | गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा |

सुरक्षामा कमी हुन दिदैनौँ : प्रहरी उपरीक्षक पोखरेल

Ujyalosandeshonline 11738+ समाचार ( )
११ जेठ २०८३, सोमबार

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ । आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताउनुभयो । 

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन । यसका लागि सबै सरोकारवालाबीच आपसी समन्वय, सहकार्य र सहयोग आवश्यक छ । सुर्खेत राजधानी सहर भएकाले बढ्दो जनङ्ख्या र यसले निम्त्याएका चुनौती र समस्याको अध्ययन गरी समाधानका उपाय खोज्नेछौँ ।” 

उक्त कार्यक्रममा पत्रकारले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौनजन्य गतिविधि चुनौतीका रुपमा देखिएको औँल्याउँदै त्यसको नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा सुझाएका थिए । प्रहरी उपरीक्षक पोखरेलले सही सूचनामा आधारित रहेर कानुनविपरीतका गतिविधिलाई न्यूनीकरण एवं नियन्त्रण गर्न बोलेरभन्दा गरेर देखाउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार