मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

राज्यको संरक्षण खोज्दै रामेछापको चिसापानीगढी

Ujyalosandeshonline 11009+ समाचार ( )
२९ पौष २०८१, सोमबार

रामेछाप । अंग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुलीगढीको सहायक रामेछापको चिसापानीगढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ । 

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा छ । राज्यकातर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानीगढी ओझेलमा परेको छ । 

नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोक नेतृत्वको अंग्रेज फौजलाई वि.स.१८२४ मा सिन्धुली गढीको लडाइँमा वीर गोर्खाली सेनाले परास्त गरेका थिए । 

सिन्धुली गढीको सेनालाई ब्याक फोर्स दिन रामेछापको हालको मन्थली नगरपालिका–६ स्थित तिल्केस्थान गढी, चिसापानी गढी र हालको रामेछापकै खाँडादेवी गाउँपालिका–५ को पकरबास गढीमा सेना राखिएको थियो । यदि सिन्धुली गढीबाट त्यहाँको सेनालाई जितेर अंग्रेज सेना अघि बढ्यो भने उनीहरूसँग लडाइँ गर्न तीनवटा गढीमा सेना तैनाथ गरिएको थियो ।

नेपाली सेनाको वीरतापूर्वक र चलाखीपूर्ण लडाइँको कारण किनलक नेतृत्वको सेना सिन्धुली गढीबाटै पराजित भएर जनकपुरतिर फर्किएको र बाँकी गढीका सेनाहरूले अंग्रेजविरुद्ध लड्नु नपरेको जानकारहरु बताउँछन् । 

सिन्धुली गढी, तिल्केस्थान गढी र पकरबास गढी जस्तै चिसापानी गढीमा पनि सेनाले लड्नको लागि आड र बङ्कर निर्माण अन्य हतियार सहितका तोप समेत राखेको इतिहासबारेका जानकारहरु बताउँछन् । 

सेनाको टुकडी गढीभन्दा अलिक तल पानी भएको ठाउँमा भतेर खन्थ्यो भने चारैतिर देखिने चिसापानी गढीबाट युद्ध लड्नको लागि तयारी अवस्थामा पहरेरदारी गर्ने र त्यही सेनाले भतेर खाने ठाउँको नामलाई पछि ‘भतेरे’भन्न लागिएको स्थानीय बुढापाका बताउँछन्  । 

लामो समयसम्म संरक्षण नगरी अलपत्र छाडिएको चिसापानी गढीका धेरै संरचना नष्ट भएको स्थानीयबासी बताउँछन् । कतिपय सामानहरू चोरिए भने कतिपय हराएर नष्ट भएर गएको बताइन्छ । 

देश संघीयतामा गएपछि चिसापानीको भीमसेनस्थान सहित चिसापानी गढीको जीर्णोद्धार, मर्मत र संरक्षणको लागि डोरमणि पौडेल मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेले आर्थिक मामिला तथा योजना मन्त्री भएको बेला वाग्मती प्रदेश सरकारले केही बजेट पठाएको थियो ।

सोही बजेटबाट गढीमा जाने केही सिँढी बने, मन्दिर बनेको थियो । गढी भित्र अन्य केही संरचना पनि बनेको तर डोरमणि नेतृत्वको सरकार ढल्यो, कैलाश डुङ्गले आर्थिक मामिला तथा योजना मन्त्रीबाट हटे । त्यसपछि गढीमा आउने बजेट पनि कटौती भयो र निर्माण कार्य पनि अलपत्र परेको स्थानीयबासी बताउँछन् । 

गढीमा धेरै संरचना निर्माण गर्नुपर्ने भएकाले वडा कार्यालय र नगरपालिकाले काम गर्न आँट गर्न नसकेको र स्थानीय तह प्रदेश वा संघीय सरकारको सहयोगको प्रतीक्षामा रहेको स्थानीयबासी बताउँछन् । 

चिसापानी गढीको पनि सिन्धुली गढीको जस्तै महत्त्व भएकोले यसको संरक्षण आवश्यक रहेकोको स्थानीय पत्रकार कैलाश खत्री बताउँछन् ।

ऐतिहासिक गढीको संरक्षणको लागि कार्ययोजना नै बनाएर काम गर्नुपर्ने उनको धारणा छ । ‘यसको लागि मन्थली नगरपालिकाले वृहत् कार्ययोजना बनाएर प्रदेश र केन्द्र सरकारबाट सहयोग लिने गरी काम गर्नुपर्छ’, खत्रीले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार