दाङ । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका दुई जना सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सशस्त्र प्रहरी बल, नेपाल २९ नम्बर ज्वालामाई गण, दाङमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेको प्रहरीले जनाएको छ।
गत असोज २४ गते पिङ खेल्न आएको एक जना ८ वर्षीया नाबालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप छ । बलात्कारको आरोपपछि सशस्त्र प्रहरीले नै दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।