मुख्य समाचार
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा | लुम्बिनीमा देउसीभैलोका नाममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला नियन्त्रणमा | काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरमा दुर्घटना, १० जनाको ज्यान गयो | मर्चवार सिँचाइ नहरमा अतिक्रमण हटाउन अन्तिम चेतावनी: स्वेच्छाले नहटाइए डोजर चलाइने | कैलालीमा भाइटीकाको दिन निःशुल्क बस सेवा | भाइटीकाले आपसी प्रेम र आत्मीयता प्रगाढ बनाउँछ: प्रधानमन्त्री शाह | आज देशभर भाइटीका पर्व मनाइँदै: दिदीबहिनीको दीर्घायु र समृद्धिको कामना | रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा |

अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर

Ujyalosandeshonline 12658+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गरेका हुन् ।  

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए । यस कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार