मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार सुशील गुरुङद्वारा घरदैलो तीव्र, विकास र सुशासनको प्रतिबद्धता

Ujyalosandeshonline 12547+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाएका छन् । गुरुङले मतदाताको घरघरमा पुग्ने 'घरदैलो अभियान' लाई तीव्रता दिएका हुन् । नेपाली कांग्रेस निर्वाचन परिचालन समिति रुपन्देही–३ का अनुसार, उम्मेदवार गुरुङ अहिले क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर आफ्ना चुनावी एजेण्डासहित मतदाताहरुसँग प्रत्यक्ष भेटघाट र संवादमा व्यस्त छन् । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझावहरु सुन्दै विकास निर्माणका कामलाई प्राथमिकता दिने बताएका छन् ।

मतदातासँगको संवादमा गुरुङले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा आफू केन्द्रित हुने बताए । सुशासन र पारदर्शितालाई आफ्नो मूल मन्त्र बनाएको बताउँदै गुरुङले भने, ‘जनताको करको सही सदुपयोग गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने प्रतिबद्धता व्यक्त गर्दछु । म यहीँको स्थानीय बासिन्दा भएकोले निर्वाचनपछि पनि सुख–दुःखमा जनताकै बीचमा रहेर काम गर्नेछु ।’ गुरुङले रुपन्देही–३ को विकासका लागि स्पष्ट खाका समेत प्रस्तुत गरेका छन् ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) को पूर्ण सञ्चालन, सडक पूर्वाधारको विस्तार, वैज्ञानिक फोहोर व्यवस्थापन, कृषिको आधुनिकीकरण, युवा स्वरोजगार कार्यक्रम तथा गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् । कांग्रेसको घरदैलो अभियानमा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको छ । उम्मेदवार गुरुङ गाउँ–टोलमा पुग्दा मतदाताहरूले उत्साहजनक साथ दिँदै जितको शुभकामना दिएको परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार