मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो

Ujyalosandeshonline 12450+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थल सुनसान बनेको छ। विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन स्थानीय व्यवसायी तथा विभिन्न संघसंस्थाहरूले पटक-पटक ज्ञापनपत्र बुझाउँदै सरकारलाई दबाब दिइरहे तापनि तत्काल कुनै उडान हुने सङ्केत देखिएको छैन। 

नियमित उडान नै ठप्प रहेको अवस्थामा पनि विमानस्थल प्रशासनले दर्जनौँ कर्मचारीलाई करार तथा दैनिक ज्यालादारीमा भर्ना गरी मासिक लाखौँ रुपैयाँ तलब सुविधा उपलब्ध गराउँदै आएको छ। विमानस्थलका कार्यवाहक महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार हाल विमानस्थलमा २४ जना करार र ६६ जना ज्यालादारी गरी कुल ९० जना ज्यालादारी तथा करारका कर्मचारी कार्यरत छन्। विमानस्थलमा १४१ जनाको स्थायी दरबन्दी रहेकोमा हाल ८१ जना स्थायी कर्मचारी मात्र कार्यरत रहे तापनि उडान अभावका कारण उनीहरूलाई नै पर्याप्त काम पुग्न सकेको छैन।

उडानविहीन अवस्थामा स्थायी कर्मचारीलाई समेत कामको अभाव भइरहेका बेला थप करार र ज्यालादारी कर्मचारी कायम राख्दा राज्यलाई अनावश्यक आर्थिक भार परेको सरोकारवालाहरूको टिप्पणी छ। उता विमानस्थल सञ्चालन हुने आशामा भैरहवा क्षेत्रमा निजी क्षेत्रबाट अर्बौँ रुपैयाँको लगानी भइसकेको छ। तर, विमानस्थल पूर्ण सञ्चालनका लागि सरकारले देखाएको उदासीनताका कारण स्थानीय व्यवसायी तथा लगानीकर्ताहरू दिनप्रतिदिन निराश बन्दै गएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार