मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

Ujyalosandeshonline 12532+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ । त्यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । गजुरीस्थित बाहिनी ६ नं अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति पनि परिचालन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार