मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

आगजनी र तोडफोड भएका संरचना हेरेर मेयर कोइराला भक्कानिए

Ujyalosandeshonline 10783+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् । तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । 

प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ । यो खरानी भएको घर हेर्दा म निकै भावुक भएको छु,’ उनले भने, ‘तर यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’  

पिताजी कृष्णप्रसाद कोइरालाले १ सय ८ वर्षअघि निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटे पठाएर देश र जनताको अवस्थाबारे जनाकारी दिँदै प्रजातन्त्रका पक्षमा सांकेतिक विद्रोह गरेका थिए । 

मेयर कोइरालाले महानगरको निरीक्षणपछि भौतिक संरचना जले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए । उनले जनताको प्रत्यक्ष पहुँच भएको महानगर जलाएकोमा दुःख व्यक्त गर्दै भने,  ‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ । जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

त्यस्तै मेयर कोइरालाले महानगर, वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको निवाससहित कांग्रेस पार्टी कार्यालयको पनि निरीक्षण गरेका थिए । अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले  विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार