मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अब निजगढः मन्त्री किराती

Ujyalosandeshonline 11904+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी गरेपनि समय अनुसारको परिणाम नदिने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले अहिले नै ४५ मिनेटसम्म आकाशमा विमान होल्ड गर्नुपर्ने अवस्था रहेकाले जति नै बनाए पनि परिणाम अबको समयअनुसार नदिने भएकाले यसको विकल्प निजगढ नै रहेको बताएका हुन् । 

दुर्गम क्षेत्रका २२ वटा विमानस्थलहरु गौचरणको रुपमा परिणत भएको उनले बताए । ‘धेरै एयरपार्टहरु बनाएका छौ तर घाम तापेर बसिरहेका छन् । दुर्गम क्षेत्रका २२ वटा एयरपोर्टहरु गौचरणको रुपमा परिणत भएको छ । काठमाडौंको कुरा गर्दा अबको १० वर्षमा धेरै ठूलो असहजता हुनेछ । अहिले नै ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने अवस्था छ’ उनले भने ‘अब जति नै बनाए पनि समयअनुसार परिणाम दिंदैन । ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनुजस्तै हो । त्यसैले अब विकल्प भनेको निजगढ नै हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार