मुख्य समाचार
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत |

रुपन्देहीमा सुन चोरीमा संलग्न तीन युवा पक्राउ

Ujyalosandeshonline 12123+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक घरबाट सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका-७ का २३ वर्षीय बिष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र वडा नं. ६ का २२ वर्षीय बिशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, असार २५ गते राति तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट सुनका गरगहना चोरी भएको थियो । घटनाको खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास सुरु गरेको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदिप बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार, खोजतलासको क्रममा प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका युवाहरुको खानतलासी गर्दा कुच्चिएको अवस्थामा एउटा मंगलशुत्र समेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको एसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै