मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |
मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |


प्रथम माननीय कपको उपाधी सिनपा ९ लाई

Ujyalosandeshonline 12535+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

भैरहवा । भैरहवामा सम्पन्न भएको प्रथम माननीय कपको उपाधी सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ ले जितेको छ । बिहिबार भैरहवामा सम्पन्न खेलमा सिनपा ९ ले सिनपा ६ लाई ४५ रनले पराजित गर्दै कप उचालेको हो । 

बिहिबार नै सम्पन्न सेमीफाइनल खेलमा सिनपा ६ ले सिनपा १२ लाई र सिनपा ९ ले सिनपा १ लाई हराउदै फाईनल यात्रा तय गरेका थिए । फाईनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिनपा ९ ले निर्धारित १० ओभरको खेलमा ८ विकेट गुमाउदै १२१ रन बनाएको थियो । उसका लागि आरिफ खाँनले १६ बलको सामना गरि ६ छक्का र २ चौकाको सहयोगमा ५० रन बनाए । यसै गरि समीर अली मुसलमानले २७ रन र सुनिल सहानीले १६ रन बनाए । 

बलिङ्गमा सिनपा ६ का अमर प्रतापले ३ विकेट र सलीम अलीले २ विकेट लिए । १२२ रनको लक्ष्य सहित मैदान छिरेको सिनपा ६ निर्धारित पुरै ओभर खेल्न सकेन । ९ दशमलव ४ ओभरमा अलआउट हुदै सिनपा ६ जम्मा ७६ रन मात्र बनाउन सक्यो । उसका लागि भोला अग्रहरीले ३९ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त हुन सकेन । सुरज गुरुङले ११ रन बनाउन बाहेक सिनपा ६ का अन्य कुनै पनि खेलाडीले दोहोर अंकमा रन बटुल्न सकेनन् । 

बलिङमा सिनपा ९ का रहमान अली र दिपक यादवले समान ३÷३ विकेट लिदा भने सुनिल जयसवाल र आरीफ खाँनले समान २÷२ विकेट बाडे । जित संगै सिनपा ९ ले नगद ५१ हजार संगै आकर्षक ट्रफि हात पारेको छ भने उपविजेता सिनपा ६ ले २५ हजार नगदसंगै ट्रफि हात पारेको छ । 

सामाजिक विकास डिभीजन कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देही क्षेत्र नम्बर ३(१) अन्तरगतको प्रथम माननीय कप क्रीकेट प्रतियोगिता आइतबारबाट सुरु भएको थियो । क्षेत्र अन्तरगत रहेका १८ वटा वडा, जन प्रतिनिधि र सन्चारकर्मी गरि २० वटा टोली विच प्रतियोगिता आयोजना गरिएको थियो । 

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व गृहमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले लुम्बिनी प्रदेशमा रहेका क्रिकेट खेलका प्रतिभावान खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सरकारी स्तरबाट दिइनु पर्ने बताएका छन् । 

‘क्रिकेट खेलको माध्यमबाट लुम्बिनी प्रदेशले अन्तराष्ट्रिय जगतमा राष्ट्रकै चिनारी राख्दै मुलुकलाई समृद्धितर्फ अगाडी बढाउन सक्ने संभावना छ’ पाण्डेले भने, ‘यसकालागि नवप्रतिभा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर आवश्यक हुने भएकाले प्रथम पटक यो प्रतियोगिता आयोजना गरिएको हो ।’

आउदो बर्ष यस प्रतियोगितालाई लिग स्तरको बनाइने र अहिले १८ वटा टिम सहभागी रहेकोमा आगामी बर्ष ४० वटा टिम सहभागी बनाइने उनले जनाए । 

युवा जगत बिदेशीएर युवा विहीन देश हुन लागेको अहिलेको अवस्थालाई मध्यनजर राखेर खेलकुद, कृषि, उद्यमशिलता लगायत्का माध्यमबाट बिदेशिने क्रमलाई रोक्न सक्नुपर्नेमा उनले जोड दिए । यसकालागि लुम्बिनी प्रदेशस्तरिय युवा सम्मेलनको आयोजना गर्न लागिएको जानकारी उनले दिए । 

सामाजिक विकास डिभीजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले युवामा खेलप्रति रुचि जगाइ खेलको माध्यमबाट स्वस्थ्य राख्न यो प्रतियोगिताको आयोजना गरिएको बताए । 

यस खालको खेल प्रतियोगिताले खेलप्रति श्रृजनशिलता र जागरुकता पैदा भइ यस क्षेत्रमा राष्ट्रिय÷अन्तराष्ट्रिय  स्तरका खेलाडी तयार पार्ने जग बनोस् भन्ने उद्देश्य यो प्रतियोगिताको रहेको उनले जनाए । 

समापनका अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा बिकास पुर्याएको भन्दै लुम्बिनी प्रेस क्लवका संस्थापक अध्यक्ष माधव ढुंगाना, पुर्व अध्यक्ष दिपेश पछाइ र संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मालाई सम्मानित गरिएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार