मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

७ बुँदे माग सहित राप्रपा रुपन्देहीले बुझायो ज्ञापन पत्र

Ujyalosandeshonline 11768+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत ७ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र आयोग गठन, छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरु सबिन महर्जन र सुरेज रजकलाई शहीद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था, झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था तथा पार्टीले पेश गरेको ४० बुँदे मागउपर नवीन समक्षदारीका लागि वार्ता टोली गठनको माग गर्दै ज्ञापनपत्र बुझाइएको राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले बताए । सभामा भाग लिएको प्रदर्शनमा सहभागी भएको आधारमै राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्ता गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्दै ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित सभामा राप्रपाका सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए। नेताहरुले मुलुकमा व्यवस्था परिवर्तन गर्न नेपाली जनताले पूर्ण साथ दिने भन्दै मुलुकमा भ्रष्टाचारको सीमा नाघेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार