मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नेपाल–भारत गृह सचिवस्तरीय बैठक : आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न प्रतिवद्ध

Ujyalosandeshonline 12547+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव दुवाडी सहभागी भएको गत मंगलबार र बुधबार बसेको दुई दिने बैठकमा भएका छलफलबारे गृहका प्रवक्ता रामचन्द्र तिवारीले ब्रिफिङ गरेका हुन् । 

उनले सीमापार अपराधहरुको रोकथाम, सीमापार लागुऔषधको अवैध ओसार पोसारलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भने,‘गृह सचिव स्तरीय समितिको जुन कार्यक्षेत्र छ, त्यसका आधारमा सीमापार अपराधहरु रोकथाम गर्ने, त्यसमा पनि महिला बालबालिकाको मानव ट्राफिकिङसँग सम्बन्धित, सीमापार लागुऔषध अवैध ओसार पोसार र अर्थतन्त्र एवम सम्पत्ति सुद्दीकरण सम्बन्धित कुराहरुबारे छलफल भएको छ । यसमा सरकारको पनि चासो छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको छ ।’ 

त्यस्तै उनले बैठकले अपराधसँग सम्बन्धित सूचनाहरु समयमा नै आदान–प्रदान गर्ने र त्यसबाट सम्भावित नियन्त्रणको लागि दुबै देशको निकायहरुको सहकार्य गर्न जोड दिने निर्णय भएको पनि जानकारी दिए । 

बैठकमा गृहसचिव दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी भएका थिए ।  यस्तै, भारतीय गृहसचिव नेतृत्वको टोलीमा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार