मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

इटहरी गोल्डकप चैत १० देखि, एपीएफ र सगरमाथाबीच पहिलो खेल

Ujyalosandeshonline 12437+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ । इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ । 

प्रतियोगितामा भारतीय एक टिमसहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ । यस्तै, तेस्रो दिन चैत १२ गते बिभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ । चैत १३ गते चर्चब्वाइज युनाइटेड र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेता टिमले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार