इटहरी गोल्डकप चैत १० देखि, एपीएफ र सगरमाथाबीच पहिलो खेल

Ujyalosandeshonline 2374+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ । इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ । 

प्रतियोगितामा भारतीय एक टिमसहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ । यस्तै, तेस्रो दिन चैत १२ गते बिभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ । चैत १३ गते चर्चब्वाइज युनाइटेड र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेता टिमले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउने छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार