मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं : मन्त्री खरेल

Ujyalosandeshonline 12611+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । 

उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’

उनले विरामीहरुसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए । उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न आउने बताए । खरेलले घाइतेहरुको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरुलाई उपचार गराई सामान्य जिवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार