मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

मध्यभोटे कोशीमा आवश्यक सबै पुर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक निर्देशन शाक्य

Ujyalosandeshonline 12543+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन्  । 

पुर्णत स्वदेशी शिप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाको रुपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो । 

‘निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिए ।’ प्राधिकरण स्रोतले भन्यो । यसका साथै पावरहाउस लगायतका सबै पुर्वधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिएका छन् । ‘उनले पावरु हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउनसक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिए ।’ स्रोतको भनाइ थियो । 

लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो ।  बाध मार्मिङ९ चाकुमा र पावर हाउस जम्बुमा रहने  आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । 

आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन  । सुरुमा बाह्रविसे – लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरु सँग सहमती हुननसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो । 

विसं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार