मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

हिजो माओवादीसँग कुरा गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अहिलेका प्रधानमन्त्री ओली नै हुन्ः माधव नेपाल

Ujyalosandeshonline 11005+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए ।

उनले भने, ‘राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ, लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो । त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र ? तर शान्ति प्रक्रिया टुंगोमा पु¥याउनुपर्ने थियो ।’

साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए । उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे । 

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार