मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

गण्डक क्षेत्रमा भारतीय पक्षको चरम लापरवाही : भत्किएको सडक र जीर्ण बाँधले स्थानीय त्रसित

Ujyalosandeshonline 12198+ समाचार ( )
२१ पौष २०८२, सोमबार

नवलपरासी । नवलपरासीको गण्डक क्षेत्रअन्तर्गत पर्ने ‘सी ग्याप’ बाँधको सेवा सडक भत्किएर जीर्ण बन्दा समेत मर्मत सम्भारमा भारतीय पक्षले चासो नदेखाएपछि स्थानीयलाई आवतजावतमा निकै सास्ती भएको छ । प्रतापपुर गाउँपालिकास्थित गण्डक जलविद्युत केन्द्रदेखि सुस्ताको नेपाल बाँधसम्म जोड्ने उक्त सडक दशकौँदेखि मर्मत नहुँदा ठाउँ–ठाउँमा भत्किएको छ, जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै अग्लो बाँधबाट खस्ने खतरा समेत बढेको स्थानीयले गुनासो गरेका छन् ।

वि.सं २०१६ को गण्डक सम्झौता अनुसार यस क्षेत्रका सम्पूर्ण संरचनाको निर्माण र मर्मत सम्भारको जिम्मा भारत सरकारको भए पनि भारतीय अधिकारी र ठेकेदारको मिलेमतोमा काममा ढिलासुस्ती र भ्रष्टाचार हुने गरेको आरोप स्थानीयको छ । भारत सरकारले मर्मतका लागि बर्सेनि करोडौं बजेट विनियोजन गरे पनि भारतीय ठेकेदार र इन्जिनियरहरूले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गर्ने गरेका छन् ।

स्थानीयका अनुसार भारतीय प्राविधिकहरूले ठेकेदारसँग अवैध रकम असुल्दै ‘बालुवामा पानी’ जस्तै गरी लगानी खेर फालिरहेका छन् । यता, नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले विगत चार वर्षदेखि नेपाल–भारत संयुक्त समितिको बैठक नबसेको र भारतीय प्राविधिकले नेपाली पक्षको अनुगमनको अधिकारलाई अस्वीकार गर्ने गरेको बताएका छन् । मर्मतको अभावमा बी ग्याप, लिंक बाँध र नेपाल बाँध अति जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

जीर्ण बनेका यी संरचना भत्किएमा नेपालका सुस्ता, प्रतापपुर र सरावल गाउँपालिका मात्र नभई भारतका महाराजगन्ज, देवरिया र गोरखपुरसम्मका बस्ती डुबानमा पर्ने उच्च जोखिम रहेको छ । २०६५ सालको आन्दोलनपछि भएको २१ बुँदे सहमति कार्यान्वयन नहुँदा र भारतीय पक्षको पेलाईका कारण गण्डक क्षेत्रका बासिन्दा सधैं त्रसित अवस्थामा बस्न बाध्य छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार