मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

Ujyalosandeshonline 11768+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

सुर्खेत । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लले जानकारी दिए । 

मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा चाडवाडलक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको उनले बताए । चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सहायता कक्ष स्थापना गरिएको मल्लले जनाए । प्रहरीले राप्ती राजमार्ग, मध्यपहाडी राजमार्ग, भेरीकरीडोर लगायत ग्रामिण सडकमा चल्ने सवारी साधनको निगरानी र अनुगमन समेत बढाएको जनाएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार