मुख्य समाचार
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश |

ओझेलमा पर्यो कठजोरको निलकण्ठेश्वर महादेव मन्दिर

Ujyalosandeshonline 12311+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

रामेछाप । मन्थली नगरपालिका–२ कठजोरमा रहेको निलकण्ठेश्वर महादेव मन्दिर प्रचार र संरक्षण नुहुँदा ओझेलमा परेको छ । दुई सय वर्ष भन्दा लामो इतिहास बोकेको मन्दिरको उचित प्रचार हुन सकेको छैन । दुई सय वर्ष भन्दा पहिले ठुली बारी भन्ने ठाउँमा एक किसानले हलो जोत्दै गर्दा हलोको सियो लागेको ठाउँबाट रगत निस्किएपछि किसानले गोरु रोकेर जोतेको ठाउँमा माटो पन्छाई हेर्दा महादेवको सिला फेला परेको कहावत छ । 

सो राति गाउँका एक जनालाई सपनामा सो रगत आएको शिला निलकण्ठेश्वर महादेवको भएको र उच्चो ठाउँमा लगेर राख्न भनेपछि गाउँले मिलेर सिला उत्खनन गरेर नोल बाँधेर धानखोरीया डाँडामा लगी स्थापना गर्ने योजनाका साथ लिएर जाँदा अहिले मन्दिर भएको ठाउँमा पु¥याएर बिसाएको सिला त्यहाँबाट उचालेर माथि लैजान सकेपछि सोही स्थानमा सिला स्थापना गरी पूजा गर्न लागिएको भन्ने कहावत रहेको स्थानीय रमेश अधिकारी बताउँछन् । 

सिला राखिएको एक सय वर्षपछि स्थानीय वेददेव अधिकारीले काठमाडौंबाट दक्ष मिस्त्री झिकाएर काटिएको ढुङ्गाको मन्दिर बनाउन लगाए । उनले आफ्नो व्यक्तिगत खर्चबाट सो मन्दिर बनाएका थिए । मन्दिरको गारो कालो मास, दल्छिनढुंगा, दार लगायतका सामाग्रीले जडान गरिएको स्थानीय शेखर अधिकारी बताउँछन् । 

व्यक्तिगत खर्चमा उनले मन्दिर बनाए पनि यसको संरक्षण र व्यवस्थापन हुन सकेन । मन्दिरमा रहेको बहुमूल्य शङ्ख लगायतका सामाग्री बिचमा चोरी भए । सो मन्दिरमा नित्य पूजाको लागि पूजारी राख्न गुठी संस्थानले पहिला खर्च पठाइदिने गरेको भए पनि अहिले त्यो रोकिएको छ । जसले गर्दा पुजारी राखेर गर्ने नियमित पूजा हुन सकेको छैन । 

जिल्ला सदरमुकाम मन्थलीबाट एक घण्टाको दुरीमा मन्दिर रहेको छ । अहिले वडा कार्यालयले मन्दिर नजिकै नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको सालिक पनि बनाएको छ । सो स्थानमा पार्क बनाउने योजना वडाले अघि सारेको छ । मन्दिर र पार्कलाई जोडेर विकास गर्न सक्ने हो भने यो स्थान धार्मिक र साहित्यिक पर्यटकीय स्थल बन्न सक्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार