मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

पाल्पामा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12455+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

पाल्पा । जिल्लाको तानसेन नगरपालिका-४, सिल्खानटोलस्थित सभाहलमा सडक सुरक्षा तथा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, पाल्पा ट्रयाक्टर समितिका अध्यक्ष विष्णु बहादुर कार्की लगायत सवारीधनी तथा चालकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु, सवारी बीमासम्बन्धी सचेतना फैलाउनु र ट्राफिक नियमबारे छलफल, विमर्श तथा अभिमुखीकरण गर्नु रहेको थियो । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सबै पक्षको सहकार्य र सचेतना आवश्यक रहेको कुरामा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य भएको र यसले नै सडकलाई सुरक्षित बनाउने बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि प्रशासनले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने र सडकमा हुने लापरबाहीलाई कुनै पनि हालतमा छुट नदिइने बताउनुभयो । पाल्पा ट्रयाक्टर समितिका अध्यक्ष विष्णु बहादुर कार्कीले सवारीधनी तथा चालकहरूलाई जिम्मेवार बन्न र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सवारी चालक, सह-चालक, व्यवसायी र यात्रुहरूलाई ट्राफिक नियमसम्बन्धी सहजीकरण गरिएको थियो । साथै, कार्यक्रममा उपस्थित सहभागीहरुले जिल्लाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । पाल्पामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको छ । यस्ता सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार